राजनीति

    Showing 8,001-8,010 of 10,373 items.
  • बागी उम्मेदवारी फिर्ता लिनुस् : प्रधानमन्त्री देउवा

    काठमाडौँ / प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन् ।पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारीविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिनका लागि सभापति देउवाले अपिल गरेका हुन् । बिहीवार एक वक्तव्य जारी गर्दै सभापति देउवाले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रको आधारभूत मूल्यमान्यताको संरक्षण गर्न काङ्ग्रेससहित ५ दलले गठबन्धन गरेको उल्लेख गरेका छन् ।  

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 108 पटक पढिएको
  • केन्द्रीय नेता आचार्यसँगै लिएर कोइराला चुनावी घरदैलोमा

    विराटनगर / नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचन अन्तर्गत मतदातासँग भेटघाट गर्ने घरदैलो कार्यक्रमलाई गति दिएको छ । मेयर पदका उम्मेदवार नागेश कोइरालासहित वडाका अन्य विभिन्न पदका उमेदवारसहित घरदैलो अभियानलाई गति दिइएको हो ।आज विराटनगर महानगरपालिका वडा नं १ का विभिन्न स्थानमा भएका घरदैलो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्य पनि सहभागी भएका छन् । कोइरालाको पक्षमा जनमत सिर्जना गर्न केन्द्रीय नेता उमेदवारसँगै सक्रिय भएका हुन ।घरदैलो कार्यक्रमका क्रममा मेयर पदका प्रत्यासी कोइरालाले अब कांग्रेसको नेतृत्वमा बन्ने स्थानीय सरकारले जनचाहनाअनुरूप विकास निर्माणलाई अघि बढाउने बताए । उन

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 146 पटक पढिएको
  • श्रीमान र श्रीमतीले दिए मेयर र उपमेयरमा उम्मेदवारी

    सङ्खुवासभा / सङ्खुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।आसन्न स्थानीय तह निर्वाचनका लागि समाजवादी पार्टी नेपालका तर्फबाट खाँदबारीको मेयरमा श्रीमान् सिताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी चिमरियाले उम्मेदवारी दर्ता गराएका हुन् । तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषद्को केन्द्रीय सदस्य हुन् । जिल्लामा ठूला पार्टीहरूमा टिकट ल्याउने विषयमा हानथाप र टिकट नदिएकै विषयमा पार्टी छोड्ने देखि बागी उम्मेदवारी उठिरहेको समयमा तिम्सिना दम्पतीले भने मेयर उपमेयरकै टिकट हात पारेका छन् ।खाँदबारी नगरपालिकाको मेयरमा ३ स्

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 199 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : उम्मेदवारी फिर्ता लिन कांग्रेस नेता पौडेललाई फकाउदै खाँड

    बिर्तामोड / स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न दलका नेता प्रतिष्पर्धामा होमिएको समयमा चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धन कै दलबीच बलियो प्रतिष्पर्धा र कार्यरतता भइरहेको छ । २०७४ सालको निर्वाचनमा समेत कडा प्रतिष्पर्धाका कारण चर्चामा आएको भरतपुरमा यसपटक पनि गठबन्धन कै कारण उम्मेदवारको चयन विवादीत बन्दै चर्चामा आएको छ । २०७४ सालमा कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिएको भरतपुरको मेयर पदमा प्रचण्ड पुत्री रेनु दाहालले निर्वाचन जित्न सफल भएकी थिइन् । त्यही समय देखि नै विवादरहित रहेको भरतपुरमा गठबन्धनबाट साझा उम्मेदवारको चयन यस पटक पनि निकै चर्चित र पेचिलो बनेको छ ।सत्तारुढ गठबन्धन

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 124 पटक पढिएको
  • एमालेबाट अर्जुनधारामा कुन–कुन पदमा को–को उम्मेद्वार ?

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको छ । एमालेले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको हो ।अर्जुनधारा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट बलदेव गोम्देन तामाङले र उपप्रमुख पदमा खड्गमाया पराजुलीको उम्मेदवारी परेको छ ।  त्यस्तै एमालेबाट अर्जुनधारा –१ को वडाअध्यक्ष पदका लागि बिष्णुलाल ढकालको उम्मेद्वारी परेको छ भने वडा सदस्यहरुमा मदन कुमार लिमेल, दिनेश कुमार घिमिरे, मुना खत्री र इन्द्र कुमारी विश्वकर्माको उम्मेद्वारी परेको छ ।२ नम्बर वडाको वडाअध्यक्ष पदमा तुलसी प्रसाद खतिवडा र सदस्यहरुमा बल ब

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 119 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

    बिर्तामोड / वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो । उम्मेदवारविरुद्ध परेका उजुरीमाथि हिजो र आज जाँचबुझ गरी आयोगले आजै साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो । आयोगले १३ उम्मेदवार विरुद्ध उजुरी दिन समय दिएको थियो । आयोगले उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि शुक्रबार साँझसम्म समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली पनि भोलि नै प्रकाशित गर्ने आयोगको तालिका छ ।आयोगले  वैशाख १७ गते उम्मेदवारहरूलाई चुनाव च

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 113 पटक पढिएको
  • विराटनगरका मेयर पराजुलीले दिए पदबाट राजीनामा

    विराटनगर  / मोरङको  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन भन्दै पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा भनिएको छ, – ‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँ । आसन्न निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा बहाल रहेको प्रमुखको पदमा बसिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको हुँ ।’

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 136 पटक पढिएको
  • झापा आउँदै ओली

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार (भोली) गृह जिल्ला झापा आउने भएका छन् । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओली गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको हो ।नेकपा एमाले झापाका अनुसार बिहीवार तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए । ढुङ्गेलका अनुसार ओलीले स्थानीय तह निर्वाचनको सङ्घारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको हो । 

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 149 पटक पढिएको
  • ढुङ्गेलले दिए बुद्धशान्ति -४ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी

    बिर्तामोड / आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता चेतन ढुङ्गेलले बुद्धशान्ति -४ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।विगत लामो समय देखी सक्रिय भई नेपाली कांग्रेसबाट राजनीति गर्दै आए पनि पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । बुद्धशान्ति गाउपालिका -४ बाट वडाध्यक्षमा एमाले बाट फौदराज सेर्मा र गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका शेर बहादुर रायले उम्मेद्वारी दिएका छन् ।अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कंग्रेसका तर्फबाट उममेदवार बनेका ढुंगेल नकपा एमालेका बुद्धिमान लिम्बूसँग केही मतले अध्यक्षमा पराजित भएका थिए । आफू

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 155 पटक पढिएको
  • सहमति विपरीतका उम्मेदवारी फिर्ता गर्ने सत्ता गठबन्धनको निर्णय

    काठमाडौँ / सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताबीच गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले सो सहमति गरेको हो । पाँच शीर्ष दलबीच छ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता लिने सहमति भएको हो ।बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र या

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 112 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.