बिर्तामोड / आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता चेतन ढुङ्गेलले बुद्धशान्ति -४ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

विगत लामो समय देखी सक्रिय भई नेपाली कांग्रेसबाट राजनीति गर्दै आए पनि पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

बुद्धशान्ति गाउपालिका -४ बाट वडाध्यक्षमा एमाले बाट फौदराज सेर्मा र गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका शेर बहादुर रायले उम्मेद्वारी दिएका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कंग्रेसका तर्फबाट उममेदवार बनेका ढुंगेल नकपा एमालेका बुद्धिमान लिम्बूसँग केही मतले अध्यक्षमा पराजित भएका थिए । 

आफू वडाअध्यक्षमा निर्वाचित भए युवाको जोस र जाँगरका साथ राजनीतिलाई नयाँबाटो तर्फ लैजाने ढुङ्गेलले प्रतिवद्धता जनाएका छन् । 

पार्टीले टिकट नदिएपछि आफूले स्वतन्त्रबाट उम्मेद्वारी दिइएको बताएका छन् । उनले अघिल्लो स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका केही नेताहरूको बेइमानीका कारण हारेको आरोप समेत लगाएका छन् ।

२२ वर्ष शिक्षा क्षेत्रमा लागेर काम गरेका ढुंगेल समेत बिगत १४ बर्ष देखि राजनितिमा सक्रिय छन् ।  ढुंगेल बुद्धशान्ति गाउँपालिका वार्ड न -४ मा रहको मुना मदन एकेडेमीका  प्रधानाध्यपक समेत हुन् ।