काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेपछि पार्टीभित्रै असहमति देखिएको छ।
उद्धव थापामाथि कारबाही गर्ने निर्णयमा नेता कमल थापाले ‘नोट अफ डिसेन्ट’ लेख्दै असहमति जनाएका छन्। पर्याप्त छलफल नगरी जबरजस्ती निर्णय गरिएको भन्दै उनले फरक मत राखेका हुन्।
कमल थापाले आफू लगायत केही नेताहरू उक्त निर्णयसँग असहमत रहेको बताएका छन्।
‘पार्टीको विधानलाई लत्त्याउँदै निरंकुश ढंगबाट संसदीय दलको नेतालाई कारबाही गरिएको छ, यो हामीलाई मान्य छैन,’ उनले भने।
उद्धव थापालाई कारबाही गर्ने निर्णयमा पार्टीभित्रै फरक मत देखिएसँगै राप्रपाको आन्तरिक विवाद थप सतहमा आएको छ।






































