विराटनगर  / मोरङको  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन भन्दै पदबाट राजीनामा दिएका हुन् । 

OM Sai Pathibhara Hospital

राजीनामा पत्रमा भनिएको छ, – ‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँ । आसन्न निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा बहाल रहेको प्रमुखको पदमा बसिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको हुँ ।’