बिर्तामोड / नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार (भोली) गृह जिल्ला झापा आउने भएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओली गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको हो ।

OM Sai Pathibhara Hospital

नेकपा एमाले झापाका अनुसार बिहीवार तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए । 

ढुङ्गेलका अनुसार ओलीले स्थानीय तह निर्वाचनको सङ्घारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको हो ।