बिर्तामोड / वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ ।

वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो । 

OM Sai Pathibhara Hospital

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि हिजो र आज जाँचबुझ गरी आयोगले आजै साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो । 

आयोगले १३ उम्मेदवार विरुद्ध उजुरी दिन समय दिएको थियो । आयोगले उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि शुक्रबार साँझसम्म समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली पनि भोलि नै प्रकाशित गर्ने आयोगको तालिका छ ।

आयोगले  वैशाख १७ गते उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्नेछ । देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि अहिलेसम्म १ लाख ५२ हजार ४ सय ६५ जनाले उम्मेदवारी दिएका छन् ।