काठमाडौँ / प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारीविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिनका लागि सभापति देउवाले अपिल गरेका हुन् । 

OM Sai Pathibhara Hospital

बिहीवार एक वक्तव्य जारी गर्दै सभापति देउवाले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रको आधारभूत मूल्यमान्यताको संरक्षण गर्न काङ्ग्रेससहित ५ दलले गठबन्धन गरेको उल्लेख गरेका छन् ।