बिर्तामोड / स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न दलका नेता प्रतिष्पर्धामा होमिएको समयमा चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धन कै दलबीच बलियो प्रतिष्पर्धाकार्यरतता भइरहेको छ । 

२०७४ सालको निर्वाचनमा समेत कडा प्रतिष्पर्धाका कारण चर्चामा आएको भरतपुरमा यसपटक पनि गठबन्धन कै कारण उम्मेदवारको चयन विवादीत बन्दै चर्चामा आएको छ । 

OM Sai Pathibhara Hospital

२०७४ सालमा कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिएको भरतपुरको मेयर पदमा प्रचण्ड पुत्री रेनु दाहालले निर्वाचन जित्न सफल भएकी थिइन् । त्यही समय देखि नै विवादरहित रहेको भरतपुरमा गठबन्धनबाट साझा उम्मेदवारको चयन यस पटक पनि निकै चर्चित र पेचिलो बनेको छ ।

सत्तारुढ गठबन्धनको शीर्ष तहमा भएको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने उपमेयर कांग्रेसले लिएको छ । गठबन्धनबाट साझा उम्मेदवारका लागि यस पटक पनि रेनु दाहाललाई नै चयन गरेसँगै कांग्रेसको शक्ति केन्द्र मानिएको भरतपुर छोड्न नहुने भन्दै कांग्रेस नेताहरूको गुनासो बढ्दै गएको छ । 

त्यस्तै दाहाल कै प्रतिस्पर्धीको रुपमा कांग्रेसबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

वैशाख अन्तिममा हुन लागेको स्थानीय निर्वाचनमा भरतपुरमा नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका पौडेललाई फकाउन र मनाउन गठबन्धनका नेताहरूले दौडधुप जारी राखेका छन् । बुधबार बिहान भएको सत्तारुढ दलहरूको बैठकमा बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित दलले पहल गर्ने निर्णय गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,गृहमन्त्री बालकृष्ण खाँण लगायत राज्यमन्त्री उमेश श्रेष्ठ समेत पौडेलको उम्मेदवारी फिर्ता गराउन सक्रिय रहेका छन् । 

भरतपुर-७ कृष्णपुर स्थित पौडेल निवासमा पौडेल र श्रेष्ठबीच उम्मेदवारी फिर्ता दिनेबारेमा` छलफल भइरहेको भएपनि पौडेलले कांग्रेस बचाउनका लागि उम्मेदवारी कायमै रहने बताएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा समेत जम्मा २०३ मतले मात्र एमाले उम्मेदवार देवी ज्ञवाली रेनु दाहालसँग पराजित भएकी थिइन् । त्यसबेला एक्लै चुनावमा होमिएको एमालेले यो पटक भने राप्रपाको साथ पाएको छ ।

पछिल्लो पटक विवादरहित रहेको भरतपुरमा उम्मेदवारको चयन यस पटक अझै गम्भिर हुँदै गएको छ । गठबन्धनका कारण पनि आफ्नो शक्ति क्षेत्र माओवादीलाई दिएको गुनासो बोक्दै यस्ले कांग्रेस अझै कमजोर बन्ने कांग्रेस नेताको बुझाई छ । 

त्यही गठबन्धनका दलसँग चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका नेता तथा कार्यकर्ताले विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारी दिँदै आएका छन् ।