काठमाडौँ / सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताबीच गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । 

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले सो सहमति गरेको हो । 

OM Sai Pathibhara Hospital

पाँच शीर्ष दलबीच छ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता लिने सहमति भएको हो ।

बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्टिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले हस्ताक्षर गरेको सहमति पत्रमा सो कुरा उल्लेख छ ।

यसैगरी, पाँच दलबीच कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल खारेज गर्ने समहति भएको छ ।

गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र ताममेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने सहमति भएको हो ।

collision_3T0x99Gsyq