बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको छ ।

एमालेले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको हो ।

OM Sai Pathibhara Hospital

अर्जुनधारा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट बलदेव गोम्देन तामाङले र उपप्रमुख पदमा खड्गमाया पराजुलीको उम्मेदवारी परेको छ ।  

त्यस्तै एमालेबाट अर्जुनधारा –१ को वडाअध्यक्ष पदका लागि बिष्णुलाल ढकालको उम्मेद्वारी परेको छ भने वडा सदस्यहरुमा मदन कुमार लिमेल, दिनेश कुमार घिमिरे, मुना खत्री र इन्द्र कुमारी विश्वकर्माको उम्मेद्वारी परेको छ ।

२ नम्बर वडाको वडाअध्यक्ष पदमा तुलसी प्रसाद खतिवडा र सदस्यहरुमा बल बहादुर समाल, प्रेम उपरकोटी, शर्मिला सुब्बा र विमला रोक्काको उम्मेद्वारी परेको छ ।

अर्जुनधारा ३ मा वडा अध्यक्षमा हरि बहादुर वाग्ले र सदस्यहरूमा नारायण प्रसाद चापागाईँ, भन्द्रमाया तामाङ, सुमन कुमारी राई र सीतादेवी सार्कीको उम्मेद्वारी परेको छ ।

त्यस्तै ४ नम्बर वडाको वडाअध्यक्ष पदमा एकदेव खनाल र सदस्यहरूमा जित बहादुर लिम्बु, अमृत बहादुर बुढाथोकी, राधिका जवेगु र अस्मिता सार्कीको उम्मेद्वारी परेको छ ।

वडा नम्बर ५ काे वडाअध्यक्ष पदमा डम्बर कुमार घिमिरे र सदस्यहरुमा लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीले उम्मेद्वारी दर्ता गराएका छन् ।

६ नम्बर वडाको अध्यक्ष पदमा दिवाकरलाल चौधरी र सदस्यहरुमा टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला र कल्पना विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ ।

७ नम्बर वडामा गोविन्द प्रसाद भट्टराईको वडाअध्यक्ष पदमा उम्मेद्वारी परेको छ भने सदस्यहरूमा गोविन्द प्रसाद खतिवडा, हरि बहादुर कटुवाल, देव कुमार राई, पार्वता देवि न्यौपाने र जानुका विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ ।

८ नम्बर वडाको वडाअध्यक्ष पदमा कुमार प्रसाद उप्रेतीको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा ऋषि प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडुसुजता रसाइलीको उम्मेद्वारी दर्ता भएको छ।

९ नम्बर वडाको वडाअध्यक्ष पदमा नरेन्द्र बहादुर राईको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल वि.क. को उम्मेद्वारी परेको छ ।

वडा नम्बर १० को वडाअध्यक्ष पदमा भुपेन्द्र न्यौपाने र सदस्यहरुमा रूपेश लिम्बु, डम्बर बबहादुर धौराली, तुलसा बिष्ट महतारा र सिता परियारको उम्मेद्वारी परेको छ ।

११ नम्बर वडाको वडाअध्यक्ष पदमा खगेन्द्र इङ्नामको उम्मेद्वारी परेको छ । सदस्यहरुमा एमालेका तर्फबाट पूर्ण बहादुर राई, केशव अधिकारी, सुसिला गिरी र सिता कडेल दर्जीको उम्मेद्वारी परेको छ।