विराटनगर / नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचन अन्तर्गत मतदातासँग भेटघाट गर्ने घरदैलो कार्यक्रमलाई गति दिएको छ । मेयर पदका उम्मेदवार नागेश कोइरालासहित वडाका अन्य विभिन्न पदका उमेदवारसहित घरदैलो अभियानलाई गति दिइएको हो ।

आज विराटनगर महानगरपालिका वडा नं १ का विभिन्न स्थानमा भएका घरदैलो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्य पनि सहभागी भएका छन् । कोइरालाको पक्षमा जनमत सिर्जना गर्न केन्द्रीय नेता उमेदवारसँगै सक्रिय भएका हुन ।

OM Sai Pathibhara Hospital

घरदैलो कार्यक्रमका क्रममा मेयर पदका प्रत्यासी कोइरालाले अब कांग्रेसको नेतृत्वमा बन्ने स्थानीय सरकारले जनचाहनाअनुरूप विकास निर्माणलाई अघि बढाउने बताए । उनले भने,“विराटनगरको विकासमा विगतदेखि नै कांग्रेसको योगदान रहि आएको छ ।

अब फेरि नयाँ परिस्थिति र समय सुहाउँदो महानगरको निर्माण नै हाम्रो अभियान हो ।” कोइरालाको आफू जनअपेक्षा अनुरूप नै काम गर्न उम्मेदवार बनेको स्पष्ट गरे ।
कांग्रेसका केन्द्रीय नेता महेश आचार्यले विराटनगरले युवा उमेदवारलाई अघि सारेको बताउँदै अब देश र स्थानीय तहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र सम्भव हुने बताए ।