सङ्खुवासभा / सङ्खुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि समाजवादी पार्टी नेपालका तर्फबाट खाँदबारीको मेयरमा श्रीमान् सिताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी चिमरियाले उम्मेदवारी दर्ता गराएका हुन् । तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषद्को केन्द्रीय सदस्य हुन् । 

OM Sai Pathibhara Hospital

जिल्लामा ठूला पार्टीहरूमा टिकट ल्याउने विषयमा हानथाप र टिकट नदिएकै विषयमा पार्टी छोड्ने देखि बागी उम्मेदवारी उठिरहेको समयमा तिम्सिना दम्पतीले भने मेयर उपमेयरकै टिकट हात पारेका छन् ।

खाँदबारी नगरपालिकाको मेयरमा ३ स्वतन्त्र सहित ९ जनाले मनोनयन दर्ता गराएका छन् । चाँदबारी नगरपालिकाको प्रमुखमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका महेश थपलियाको उम्मेदवारी परेको छ । 

मेयर पदका लागि एमालेबाट जितबहादुर घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीबाट भरत राई, राष्ट्रिय जनमोर्चाबाट हेमकुमार गुरुङ, राप्रपाबाट सोमनाथ खनालको उम्मेदवारी परेको भने स्वतन्त्रबाट प्रवीन कार्की, सुदिप गुरुङ र खड्ग बहादुर दमाईले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी उपमेयर पदमा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका दिब्यराज बराल, एमालेबाट महेश्वर बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिरादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ वटा स्थानीय तह रहेको खाँदबारीमा ५७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको छ ।