राजनीति

    Showing 7,991-8,000 of 10,373 items.
  • प्रत्येक वर्ष एक जनालाई एम.बि.बि.एस पढाउने एमाले हल्दीबारीकाे प्रतिवद्धता

    बिर्तामोड / नेकपा एमाले हल्दीबारी कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार एमालेले हल्दीबारी गाउँपालिका –१ स्थित गोलधापमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । एमालेले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, स्थानीय उद्यम र रोजगारी सिर्जना, पूर्वाधार विकास, पर्यटन लगायतलाई मुख्य प्राथमिकता दिएको छ । आसन्न स्थानीय तह निर्वाचनमा हल्दीबारीमा एमालेले चुनाव जिते गाउँपालिका क्षेत्र भित्रको १ जना विद्यार्थीलाई प्रत्येक वर्ष एम.बि.बि.एस पढाउने, सामुदायिक विद्यालयका प्रत्येक विद्यार्थीका परिवारका पाँच

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 614 पटक पढिएको
  • बागी उम्मेदवारलाई पार्टीबाट निस्कासन गर्ने कांग्रेसको चेतावनी

    काठमाडौँ / स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने विद्रोही (बागी) उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको हो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे / गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिन अनुरोध गरेका छन् ।बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई विजयी गराउन भूमिका निर्वाह गर्न पनि उनल

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 100 पटक पढिएको
  • निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै नेकपा एसका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

    झापा / आसन्न स्थानीय तहको निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा  दिएको भोलिपल्ट नै फेरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए । उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 112 पटक पढिएको
  • राप्रपा हेटौँडाका उम्मेदवारले मन्दिरमा लिए शपथ

    बिर्तामोड / हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मन्दिरमा गएर  सामूहिक रुपमा सपथ लिएका छन् । राप्रपाबाट हेटौँडा मेयर पदका उम्मेदवार दीपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारले हेटौँडा-४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिक रुपमा शपथ लिएका हुन् । उनीहरूलाई राप्रपाका वरिष्ठ नेता नवराज विष्टले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह  हो भनेर सपथ ग्रहण गराएका हुन् । 

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 110 पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक सुरु

    काठमाडौं / सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) सुरु भएको छ ।बागी उम्मेदवारीबारे निर्णय लिन र साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैक बालुवाटारमा सुरु भएको हो ।बैठकमा गठबन्धनले दिएका उम्मेदावरी विरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिएका छन् ।उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो भने गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । गठबन्धनको यस अघिको बैठकले पाँच दल भन्दा अन्य दलसँग गरिएको तालमेल खारेज हुने चेतावनी समेत दिएको थियो ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 98 पटक पढिएको
  • भागबन्डा नमिलेको भन्दै पोखरामा कांग्रेस कार्यकर्ताद्वारा घोषणापत्र सार्वजनिक कार्यक्रममा अवरोध

    झापा / पोखरामा भागबन्डा नमिलेको भन्दै सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले अवरोध गरेका छन् । बिहीबार दिउँसो २ बजे कार्यक्रमस्थल माटेपानीस्थित एसआर केसी ब्याङ्क्वेटमा मुख्य गेटमै ताला लगाएर कांग्रेस कार्यकर्ताले अवरोध गरेका छन् । उनीहरूले पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् । सुरुदेखि नै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णयले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् । त्यसपछि मेयर र उपमेयरमा तालमेल भए पनि

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 106 पटक पढिएको
  • ‘काठमाडौं महानगर जित्नु भनेको ५० वटा नगर जितेभन्दा बढी हो’

    काठमाडौँ  / नेपाली कांग्रेसका प्रवक्ता डा‍. प्रकाशशरण महतले काठमाडौंको मेयर जित्नु भनेको अन्य ५० वटा भन्दा बढी नगर जितेको जत्तिकै हुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं महानगर पालिका प्रमुखकी उम्मेदवार सृजना सिंहको संकल्प पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन् । ‘काठमाडौंको मेयर जित्नु भनेको अन्य ५० वटा भन्दा बढी नगर जितेको जत्तिकै हो’ महतले भने  ‘यो राजधानी हो’ राजनीति मनोरञ्जनको विषय नभएको बताउँदै महतले स्थापितलाई अनावश्यक जोक र रमाइलो नगर्न आग्रह समेत गरेका छन् । उनले विद्यासुन्दर शाक्यले नेतृत्वको स्थानीय सरकारले काठमाडौँलाई अस्तव्यस

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 110 पटक पढिएको
  • पोखरेलले उम्मेद्वारी फिर्ता लिएपछि दिक्तेलको मेयरमा तीर्थराज

    खोटाङ /  खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ ।नगर प्रमुखमा काङ्ग्रेसबाटै उम्मेद्वारी दिएका धर्मराज पोखरेलले उम्मेद्वारी फिर्ता लिएपछि तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको हो । कांग्रेसको तर्फबाट दिक्तेल रूपाकोट मझुवागढीको मेयरमा भट्टराई र पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । पोखरेलले बुधबार साँझ कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि भट्टराई कांग्रेसबाट मेयरका उम्मेदवार कायम भएका हुन् । कांग्रेस प्रदेश समितिले पोखरेलल

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 133 पटक पढिएको
  • सिर्जना सिंहका ७ संकल्प : सुरक्षित सहरदेखि सेवा र सुशासनसम्म

    काठमाडौँ / काठमाडौँ महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेका हुन् ।सिंहले महानगरको सेवा र सुशासनदेखि संस्कृति, सम्पदा र सभ्यतालाई आफ्ना संकल्पका रूपमा प्रस्तुत गरेकी छिन् ।सिंहले स्थानीय तह निर्वाचनमा आफू निर्वाचित भए महानगरलाई विधिको शासन, नियम कानुनभित्र रही चलाउने, भ्रष्टाचारमुक्त चुस्त सेवा प्रवाह गर्ने, पालिकाका रूपमा काठमाडौँलाई स्थापित गर्ने बताएकी छिन् । त्यस्तै काठमाडौँलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई पूर्ण रूपमा सुरक्षित बनाउने सम

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 114 पटक पढिएको
  • राप्रपा नेपालका उपाध्यक्ष पौडेलले दिए राजिनामा

    झापा  / राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । स्थानीय तह निर्वाचनकाे मुखमा उनले अध्यक्ष कमल थापालाई राजीनामा पत्र पठाउँदै पार्टी परित्याग गरेका हुन् । अध्यक्ष थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य गर्ने सहमतिप्रति असन्तुष्ट रहेका पौडेलले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताएका छन् । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि पार्टी विभाजन भएको थियो । कमल थापाको अध्यक्षतामा राप्रपा, नेपाल गठन हुँदा पौडेल उपाध्यक्ष बनेका थिए ।उनी राप्रपा नेपालको आर्थिक विभाग प्रमुख पनि थिए । उनले उपाध्य

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 140 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.