झापा  / राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् ।

स्थानीय तह निर्वाचनकाे मुखमा उनले अध्यक्ष कमल थापालाई राजीनामा पत्र पठाउँदै पार्टी परित्याग गरेका हुन् । 

OM Sai Pathibhara Hospital

अध्यक्ष थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य गर्ने सहमतिप्रति असन्तुष्ट रहेका पौडेलले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताएका छन् । 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि पार्टी विभाजन भएको थियो । कमल थापाको अध्यक्षतामा राप्रपा, नेपाल गठन हुँदा पौडेल उपाध्यक्ष बनेका थिए ।

उनी राप्रपा नेपालको आर्थिक विभाग प्रमुख पनि थिए । उनले उपाध्यक्ष, आर्थिक विभाग प्रमुख र साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको राजिनामा पत्रमा उल्लेख छ । 

पौडेल यसअघि संघीय संसद्को निर्वाचनमा राप्रपा, नेपालबाट समानुपातिक उम्मेदवार पनि थिए ।