झापा / पोखरामा भागबन्डा नमिलेको भन्दै सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले अवरोध गरेका छन् । बिहीबार दिउँसो २ बजे कार्यक्रमस्थल माटेपानीस्थित एसआर केसी ब्याङ्क्वेटमा मुख्य गेटमै ताला लगाएर कांग्रेस कार्यकर्ताले अवरोध गरेका छन् ।

उनीहरूले पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् ।

OM Sai Pathibhara Hospital

 सुरुदेखि नै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णयले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् । त्यसपछि मेयर र उपमेयरमा तालमेल भए पनि वडा तहमा आफूखुसी उम्मेदवार उठाउने निर्णय भएपछि विवाद केही मत्थर भएको थियो ।

वडा नम्बर १८, २२ र २४ नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपछि त्यहाँका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् । असन्तुष्ट कांग्रेस कार्यकर्ताले जिल्ला सभापति किशोरदत्त बराललाई कार्यक्रमस्थलमा प्रवेश नदिने बताएका छन् ।