खोटाङ /  खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ ।

नगर प्रमुखमा काङ्ग्रेसबाटै उम्मेद्वारी दिएका धर्मराज पोखरेलले उम्मेद्वारी फिर्ता लिएपछि तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको हो । 

OM Sai Pathibhara Hospital

कांग्रेसको तर्फबाट दिक्तेल रूपाकोट मझुवागढीको मेयरमा भट्टराई र पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । 

पोखरेलले बुधबार साँझ कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि भट्टराई कांग्रेसबाट मेयरका उम्मेदवार कायम भएका हुन् । 

कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि  ‘को आधिकारिक उम्मेदवार हुन्’ भन्ने विवाद चर्किएको थियो । 

गठबन्धन दलबीचमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति भएपनि कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि गठबन्धन कायम हुने नहुनेमा अन्योल भएको थियो । 

गठबन्धन दलको सहमति अनुसार माओवादी केन्द्रले भने विसन राईलाई उपमेयरको उम्मेदवार बनाएको छ ।