काठमाडौँ / काठमाडौँ महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेका हुन् ।

सिंहले महानगरको सेवा र सुशासनदेखि संस्कृति, सम्पदा र सभ्यतालाई आफ्ना संकल्पका रूपमा प्रस्तुत गरेकी छिन् ।

OM Sai Pathibhara Hospital

सिंहले स्थानीय तह निर्वाचनमा आफू निर्वाचित भए महानगरलाई विधिको शासन, नियम कानुनभित्र रही चलाउने, भ्रष्टाचारमुक्त चुस्त सेवा प्रवाह गर्ने, पालिकाका रूपमा काठमाडौँलाई स्थापित गर्ने बताएकी छिन् । 

त्यस्तै काठमाडौँलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई पूर्ण रूपमा सुरक्षित बनाउने समेत संकल्प गरेकी छिन् । 

सबल र समुन्नत पूर्वाधारअन्तर्गत उनले सहज रूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री मैत्री सहरका रूपमा महानगरलाई विकास गर्ने प्रतिवद्धता गरेकी छिन् । 

त्यसैगरी काठमाडौंको फोहोर व्यवस्थापनलाई विशेष प्राथमिकता दिने र सहरका विपन्न वर्गमा महिलालाई विशेष राहत प्याकेज ल्याउने, काठमाडौं महानगरलाई झिलिमिली पार्ने र सार्वजनिक ठाउँमा सीसीटीभी जडान गर्ने उनले बाचा गरेकी छिन् ।