काठमाडौं / सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) सुरु भएको छ ।बागी उम्मेदवारीबारे निर्णय लिन र साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैक बालुवाटारमा सुरु भएको हो ।

बैठकमा गठबन्धनले दिएका उम्मेदावरी विरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो भने गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । 

गठबन्धनको यस अघिको बैठकले पाँच दल भन्दा अन्य दलसँग गरिएको तालमेल खारेज हुने चेतावनी समेत दिएको थियो ।