झापा / आसन्न स्थानीय तहको निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा  दिएको भोलिपल्ट नै फेरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए । उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।