काठमाडौँ  / नेपाली कांग्रेसका प्रवक्ता डा‍. प्रकाशशरण महतले काठमाडौंको मेयर जित्नु भनेको अन्य ५० वटा भन्दा बढी नगर जितेको जत्तिकै हुने बताएका छन् । 

नेपाली कांग्रेस काठमाडौं महानगर पालिका प्रमुखकी उम्मेदवार सृजना सिंहको संकल्प पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

‘काठमाडौंको मेयर जित्नु भनेको अन्य ५० वटा भन्दा बढी नगर जितेको जत्तिकै हो’ महतले भने  ‘यो राजधानी हो’ 

राजनीति मनोरञ्जनको विषय नभएको बताउँदै महतले स्थापितलाई अनावश्यक जोक र रमाइलो नगर्न आग्रह समेत गरेका छन् । उनले विद्यासुन्दर शाक्यले नेतृत्वको स्थानीय सरकारले काठमाडौँलाई अस्तव्यस्त बनाएको आरोप समेत लगाएका छन् । 

सृजना सिंह प्रकाशमानको श्रीमती मात्र नभएर विद्यार्थी कालदेखि राजनीति गर्दै आएकी कांग्रेस नेतृ भएकाले उनको राजनीतिक जीवनलाई परिवारसँग मात्र नजोड्न सबैलाई आग्रह समेत गरेका छन् । कांग्रेस इमानदार  र जिम्मेवार पार्टी भएको उनको दाबी छ ।