काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने लागेको हो ।भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ ।सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि हिजो सोमबार भारत प्रस्थान गरेका थिए ।
काठमाडौं। नेपाली कांग्रेसको सदस्य बन्न चाहनेहरुका लागि अब पार्टी कार्यालय धाउनुपर्ने छैन। घरमै बसेर एक क्लिकमै आवेदन दिने व्यवस्था सुरु गरेको छ। नयाँ क्रियाशील सदस्यता अनलाइनबाट खुला भएपछि पार्टीले डिजिटल संगठन निर्माणतर्फ अर्को फड्को मारेको दाबी गरेको छ। कांग्रेसको यो निर्णय केवल सदस्यता वितरण मात्र नभएर पार्टी संगठनलाई ‘डिजिटल ट्र्याक’मा लैजाने अभियान का रूपमा संचालन गरेको जनाएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया औपचारिक रूपमा खुला गर्ने निर्णय गरेको हो। कांग्रेसका अनुसार नेपालको संविधान, पार्टी विधान, नियमावली र अनुशासनको पा
काठमाडौं— नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ ।पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरेको हो ।बैठकले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकलाई अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था सुरु गर्ने निणय गरेको हो ।बैठकले नेपालको संविधान, पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित योग्य नेपाली नागरिकलाई सदस्यता आवेदन दिन आह्वान समेत गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । संसदमा दिएको बैठक मध्यान्ह १२ बजे बोलाईएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने स्रोतले बताएको छ ।
देशबन्धु बिश्वामित्र: झापा— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापा जिल्ला कमिटीको पहिलो जिल्ला अधिवेशन यही जेठ २३ गते बिर्तामोडमा हुने भएपछि संगठनभित्र नेतृत्व चयनलाई लिएर राजनीतिक चहलपहल तीव्र बनेको छ। जिल्ला सभापति पदका लागि पाँच जना आकांक्षी मैदानमा देखिएपछि अधिवेशनले विशेष महत्व प्राप्त गरेको छ।सभापति पदका दाबेदारका रूपमा लक्ष्मण बस्नेत, अर्जुन मैनाली, गोपाल कटुवाल, ओम भण्डारी र विरोध सुवेदी अगाडि देखिएका छन्। उनीहरूको सक्रियता, संगठन निर्माणमा भूमिका र कार्यकर्तामाझको पहुँचका कारण अधिवेशनलाई प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। विशेष गरी युवा पुस्ताको प्रतिनिधित्व गर्ने लक्ष्म
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विकासको केन्द्रबिन्दु पूर्वाधार मात्रै होइन, रोजगारी, शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरणलाई पनि बनाएको छ।प्रदेश प्रमुख नाजिर मियाँले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने, युवालाई प्रदेशमै रोजगारी सिर्जना गर्ने र सामाजिक क्षेत्रको सेवा सुधार गर्ने लक्ष्य अघि सारिएको छ।सरकारले हालसम्म सडक पहुँच नपुगेका बाजुराको साइपाल, दार्चुलाको अपिहिमाल र बाजुराकै स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने प्रतिबद्धता जनाएको छ। साथै प्रदेश लोकमार्ग र सहायक सडकहरूको स्त
काठमाडौं— कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित केही भन्सार अधिकृतविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।उक्त प्रकरणमा संलग्नताको विषयमा अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। मुद्दाको थप सुनुवाइ अदालतमा
काठमाडौं। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघका नेता–कार्यकर्ता पक्राउ परेपछि नेपाली कांग्रेस सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएको छ। कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु संविधानप्रदत्त अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाएको छ।कांग्रेसका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध गरिरहेका नेविसंघका नेता–कार्यकर्तालाई पक्राउ गरिएको घटनालाई ‘अत्यन्त निन्दनीय’ भनिएको छ। पक्राउ पर्नेमा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौ
काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा कटुवाललाई मनोनीत गरिएको छ । कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई अध्यक्षमा मनोनीत गरेका हुन् । महाधिवेशन गर्न नसकेका भ्रातृ संगठनमा सभापति थापाले धमाधम नयाँ मनोनीत गरिरहेका छन् । यसअघि तरुण दलको अध्यक्षमा मनीष कोइरालालाई मनोनीत गरिएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण औपचारिक शिष्टाचारभन्दा माथिको राजनीतिक महत्व बोकेको देखिएको छ। दिल्ली पुगेका लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) का उच्च तहका नेताहरूले विमानस्थलमै स्वागत गरेका छन्।पाँचदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका हुन्। सामान्यतः विदेशी राजनीतिक दलका नेताहरूलाई विमानस्थलमै पार्टीको शीर्ष तहबाट स्वागत गरिनुलाई कूटनीतिक र राजनीतिक दृष्टिले अर्थपूर्ण मानिन्छ। भाजपा अध्यक्ष नीतिन नवीन को निमन्त्रणामा भारत पुगेका लामिछानेसँग उनकी पत्नी निकिता, स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.