काठमाडौं— कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।

विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित केही भन्सार अधिकृतविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

उक्त प्रकरणमा संलग्नताको विषयमा अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। मुद्दाको थप सुनुवाइ अदालतमा जारी रहनेछ।