पत्रपत्रिका

    Showing 51-60 of 1,253 items.
  • मासिक कम्तीमा दुई लाख तलबसहित इजरायलमा रोजगारी खुल्यो

    काठमाडौं— इजरायलले मासिक कम्तीमा दुई लाख रुपैयाँ तलब दिने गरी आठ सय नेपाली केयर गिभरको माग गरेको छ। वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै सुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने बताएको छ। दुवै देशका सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ।विभागका महानिर्देशक डण्डुराज घिमिरेले २१ दिनको समय दिएर मंगलबारदेखि आवेदन खुला भएको र दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी इजरायलतर्फ रोजगारीका लागि नेपाली युवालाई पठाउने प्रक्रिया सुरु हुने बताए। ‘अबको दुई महिनाभित्र तोकिएको योग्यता र सर्त पूरा गरेका युवाहरूलाई इजरायल प

    • प्रकाशित मितिः असार १२, २०८१
    • 488 पटक पढिएको
  • नियमित महाधिवेशन नहुँदा कांग्रेसका भ्रातृ संस्थामा भद्रगोल

    काठमाडौं— गत १५ पुसमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तदर्थ समिति गठन भएका ६ भ्रातृ संस्थाको म्याद थप गरी ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो। तर, समयसीमा तोकिएका भ्रातृ संस्थाको महाधिवेशन यस अवधिमा पनि नहुने भएको छ। कांग्रेसले यसअघि पटकपटक म्याद थप भएका नेविसंघ, तरुण दल, महिला संघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक खेलकुद संघ (नयाँ गठन भएको, तदर्थ समितिसमेत नबनेको)लाई १५ असारमा महाधिवेशन गर्न भने पनि यो समयावधि त्यत्तिकै गुज्रिएको छ। तदर्थ समिति नबनेका र महाधिवेशनको समयावधि नतोकिएका भ्रातृ संस्थाको महाधिवेशन अझै अनिश्चित बनेको छ। गत २२ चैतमा

    • प्रकाशित मितिः असार १०, २०८१
    • 356 पटक पढिएको
  • भ्रष्टाचारका फाइलले थिचिएका मुख्यसचिव निलम्बित

    काठमाडौँ — सरकारले बजेट व्यवस्था गरेका आयोजना तथा कार्यक्रममा मात्र वस्तु तथा सेवा खरिद गर्न मिल्छ। तर, सञ्चार सचिवको जिम्मेवारीमा रहँदा वैकुण्ठ अर्यालले ग्रामीण दूरसञ्चार कोषको बजेट खर्चेर टेरामक्स प्रणाली खरिद गर्न दिने प्रक्रिया अघि बढ्न लगाएका थिए, जसमा सवा अर्ब भ्रष्टाचार भएको छरपस्ट हुँदा पनि सरकारले उनको संरक्षण गरिरहेको थियो, अझ उनी मुख्यसचिवका रूपमा नेपालका मुख्य प्रशासक थिए।नेपाल टेलिकमको सञ्चालक समितिले बिलिङ प्रणाली पुरानो भएको र वार्षिक दुई अर्बभन्दा बढी चुहावट भएको ठहर गरे पनि सुनील पौडेल प्रबन्ध निर्देशक र अर्याल सञ्चालक समिति अध्यक्ष बनेपछि पुरानै बिलिङ प्रणालीलाई निरन्तरता दिन

    • प्रकाशित मितिः असार १०, २०८१
    • 431 पटक पढिएको
  • ललिता निवास प्रकरणमा नेपाल र भट्टराईको कहाँ थियो संलग्नता ?

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषद्बाट भएका नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई प्रतिवादी बनाएको थिएन । नेपाल र डा. भट्टराईको बयान लिएर अनुसन्धानको दायरामा भने ल्याइएको थियो ।सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा मुद्दा चलाउनसक्ने अधिकार नभएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । ‘ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा सम्बन्धमा विभिन्न मन्त्रालय र

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 471 पटक पढिएको
  • एसइई नतिजा असार तेस्रो सातामा

    काठमाडौं । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 489 पटक पढिएको
  • मङ्सिर १५ गतेभित्र काठमाडौँमा मेलम्चीको पानी

    काठमाडौँ / बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवर्क्स क्षेत्रमा थुपारेको गेग्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले सुरुआत गरेको छ । वर्षा सुरु हुनुअघि गत जेठ दोस्रो सातादेखि नै आयोजनाको हेडवर्क्स क्षेत्रमा रहेको संरचना र सुरुङ जोगाउन आयोजनाले मेलम्चीको सुरुङमा पानी पथान्तरण कार्य रोकेको थियो ।मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको सुरु

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 383 पटक पढिएको
  • विदेश भ्रमणको विवरण लुकाउँदै कर्मचारी

    काठमाडौं / विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ । यद्यपि, उपलब्धि भने खासै देखिँदैन ।कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेको पाइएको छ । विदेश भ्रमण गर्दा लाखौँ भत्ता आउने हुँदा उनीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने गरेका छन् ।सरकारले केही वर्षअघिसम्म विदेश जाने कर्मचारीको विवरण सार्वजनिक गर्ने गरेको थियो । तर, अहिले आएर मन्त्रालयले मातहतका विदेश जाने कर्मचारीको विवरण गोप्य राख्ने गरेको छ ।सरकारले विदेश अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै विभिन्न मन्त्रालय र मातहतका कर्

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 506 पटक पढिएको
  • गरिब पहिचानका नाममा अर्बौं रुपैयाँ स्वाहा

    काठमाडौं / सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ। यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन ।सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०/७१ देखि सुरु गरेको हो। ‘गरिब घरपरिवार सहयोग समन्वय बोर्ड’ गठन गरेर गरिब पहिचान गर्न सुरु गरेको सरकारको काम अहिलेसम्म पनि जारी छ। तर मुलुकभर कति गरिब छन् भन्ने तथ्यांक अझै आउन सकेको छैन । यसको मूल कारण गरिब पहिचान कार्यक्रममा घुसेको राजनीति हो। सरकारले गरिब पहिचानमा तीनै तहलाई परिचालन गर्ने प्रयास गरे पनि राजनीतिक

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 542 पटक पढिएको
  • पाम आयल बढ्दो, वनस्पति घिउ र तेल निर्यात घट्दो

    काठमाडौं / भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ।विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको थियो । यो अवधिमा भटमासको तेलको निर्यातमा अघिल्लो साउनको तुलनामा ७ अर

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 362 पटक पढिएको
  • नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् ।सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र पारेको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गरेकी छन् ।छलफलका क्रममा सेनाका पूर्वजर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 384 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा