काठमाडौं–बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सञ्जय गौतमले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कुरा उठाएका छन् ।

प्रतिनिधिसभामा उपस्थित सांसद र सभामुखको ध्यानाकर्षण गराउँदै गौतमले बाँके र बर्दियाको सांस्कृतिक, सामाजिक, आर्थिक र भौगोलिक अवस्था कणालीमा मिसिँदा उपयुक्त हुने जिकिर गर्दै यस्तो बताएका हुन ।

OM Sai Pathibhara Hospital

मध्यपश्चिमाञ्चल विकासक्षेत्र हुँदा नेपालगन्ज कर्णालीका जनताका लागि मुख्य नाका थियो । मध्य पश्चिम मात्रै नभएर सुदूर पश्चिमका जनताका लागि समेत शिक्षा, स्वास्थ्यजस्ता कुराहरू नेपालगञ्जबाट पाइन्थ्यो ।

कतिपय ठूला सरकारी र गैरसरकारी संस्थाहरुको कार्यालय नेपालगन्जमा थियो । प्रदेश संरचना कायम हुँदा बाँके र बर्दियालाई लुम्बिनीतिर पारिएसँगै दुई जिल्लामा चर्को असन्तुष्टि देखिन्छ ।

शुरुवाती समयमा नेपालगञ्जलाई राजधानी बनाउने भनिएपनि त्यस्तो भएन् । अहिले दुई ठूला दलहरू काँग्रेस र एमालेले संविधान संशोधनसमेत गर्ने गरी सहमति गरेर सरकार गठन गरेपछि यो कुराले पुन: प्रवेश पाएको छ । नेपाल समाचारपत्रबाट