काठमाडौं– उपत्यकाभित्र हैजाका बिरामी भेटिएका छन् । ललितपुरमा एक जना व्यक्तिमा हैजा पुष्टि भएको हो । गोदावरी नगरपालिका–१४ ठैवमा रहेको एक संस्थामा आश्रित १६ वर्षीय व्यक्तिमा हैजा पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख भुवन पौडेलले ती बालकलाई हैजा पुष्टि भएको जानकारी दिदै त्यहाँ जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरेर नियन्त्रण गर्न काम भइरहेको जानकारी गराए । उनका अनुसार त्यहाँ रहेका ४ जनाको आरटिडी परीक्षण गर्दा पोजिटिभ देखिएपछि कल्चरका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । कल्चरमा समेत हैजा पुष्टि भए संख्या बढ्ने छ ।

OM Sai Pathibhara Hospital

पौडेलले बाँकी चारजनाको कल्चरको रिपोर्ट ७२ घण्टामा आउने जानकारी गराए । उनका अनुसार उक्त संस्थामा भएका सातजनामा लक्षण देखिएपछि थप उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य कर्मीको टोली पठाएर संस्थामा कसरी हैजा फैलियो भन्ने अनुगमन गरिरहेको छ ।

पौडेलले खानेपानी या खानेकुराबाट हैजा फैलिएको हुनसक्ने अनुमान गरिएको बताए । उनका अनुसार हैजा फैलिने प्रमुख कारण पानी र खानेकुरा बाहेक अरु कारण हुँदैन् । पानी नउमालेर पिउनु, सागसब्जी नपखाली खाने गर्दा पनि यसको खत्तरा हुन्छ । शुक्रराज ट्रपिकल ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। युवानिधि बसौला पनि पानीमार्फत दिसाको माध्यमबाट हैजा फैलने बताउँछन् ।

उनले झाडापखाला लागेर दैनिक १० देखि १५ जना बिरामी आउन थालेको उल्लेख गरे । अस्पतालका निर्देशक डाक्टर बसौलाले २ जनालाई अस्पताल भर्ना गरेर राखिएको जानकारी गराए । शंकास्पद एकजनाको आइसियु र हैजा पुष्टि भएका बालकको क्याबिनमा राखेर उपचार भइरहेको छ ।

उनका अनुसार उपचार गराइरहेका दुईजना भने सोमबार राति भागेका छन् । आकास्मिक कक्षबाट पिसाब फेर्न जाने भन्दै राति १ बजे निस्किएका उनीहरू आकस्मिक कक्षमा रहेको शौचालयको झ्यालबाट भागेका हुन् । गोरखापत्र दैनिकबाट