काठमाडौं–विद्युत् नियमन आयोगले ६ वटा उद्योगमा काटिएको विद्युत् जडान गर्न निर्देशन दिएको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत् प्रयोग गरेको तर प्रिमियम बापतको रकम तिर्न अटेरी गरेको भन्दै ६ उद्योगमा विद्युत आपूर्ति बन्द गरेको छ ।

आयोगले विद्युत वितरण गर्दा र ग्राहक बीच विवाद भएको अवस्थामा विवाद समाधान हुनुभन्दा अघि विद्युत कटौती गर्नु गैरकानुनी हुने भन्दै तत्काल जडान गर्न प्राधिकरणलाई निर्देशन दिएको हो ।

OM Sai Pathibhara Hospital

आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका २०८० दफा १३ को उपदफा १० को व्यवस्था अनुसार उद्योगमा काटिएको विद्युत् आपूर्ति तत्काल सुचारु गर्न निर्देशन दिएको जानकारी गराए ।

विद्युत् काटिएको भन्दै ६ उद्योगीले गत शुक्रबार आयोगमा निवेदन दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्राधिकरणलाई विद्युत सुचारु गर्न मौखिक निर्देशन दिएका थिए । गोरखापत्र दैनिकबाट