पत्रपत्रिका

    Showing 41-50 of 1,253 items.
  • जहाज दुर्घटनापछि खतिवडा परिवारमाथि बज्रपात

    काठमाडौं–सधैंझैं बुधबार बिहान बालकोटस्थित कोठाबाट मनुराज शर्मा एयरपोर्टका लागि निस्केपछि श्रीमती प्रिजा खतिवडा चार वर्षका छोरा अधिराजलाई घरनजिकैको चाइल्ड केयर सेन्टरमा छाडेर अफिस हिँडिन् । ऊर्जा मन्त्रालयका सचिवको सचिवालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत प्रिजा र सौर्य एयरलाइन्समा कम्युनिकेसन अधिकृत रहेका मनुराजको ४ वर्षदेखिको यो दैनिकी बुधबारको जहाज दुर्घटनासँगै टुंगिएको छ । पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मनुराज, प्रिजा र अधिराजको ज्यान गएको छ । बिहान कार्यालय पुगेपछि मनुराजले प्रिजालाई फोन गरेर सौर्यको जहाज विस्तृत परीक्षण र मर्मतका लागि पोखरा जाने र परिवारलाई लग्न सक्ने

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 465 पटक पढिएको
  • सौर्य जहाज दुर्घटना : फेरि झस्किए पोखरेली

    काठमाडौं–काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलायन्सको जहाज बुधबार बिहान ११:११ बजे रनवे छाड्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा नै दुर्घटना भयो ।२०७९ माघ १ गते पोखराको सेतीमा भएको भयानक दुर्घटना भुल्न नसकेका पोखरेली यस दुर्घटनामा पनि पोखराको नाम सुन्नासाथ फेरि झसङ्ग भए । काठमाडौंमा बढ्दो एयर ट्राफिकका कारण ह्याङ्गरको पर्याप्त सुविधा पाउन नसक्दा भर्खरै निर्माण सम्पन्न भएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्र रहेको ह्याङ्गरमा मर्मतका लागि आउन सो जहाज उडेको थियो ।विमानस्थलका प्रवक्ता जशोदा सुवेदीका अनुसार पोखराको ह्याङ्गर प्राविधिक र अन्य सुविधा सम्पन्न रहेकाले प्रा

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 407 पटक पढिएको
  • द्वन्द्वकालीन मुद्दामा ७५ प्रतिशतसम्म सजाय छुट दिलाउन दलहरू सहमति नजिक

    काठमाडौं–सशस्त्र द्वन्द्वकालीन गम्भीर मानवअधिकार उल्लंघनका मुद्दामा तोकिएको सजाय ७५ प्रतिशतसम्म कटौती गर्ने कानुनी व्यवस्था मिलाउन राजनीतिक दलहरू सहमतिनजिक पुगेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन गठित कार्यदलको मंगलबार बसेको बैठकमा प्रचलित कानुनअनुसार सजाय २५ देखि ३० प्रतिशतसम्म मात्र हुने गरी महान्यायाधिवक्ताले सिफारिस गर्न सक्ने प्रावधान राख्ने लगभग सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासमेतको उपस्थितिमा कार्यदलको बैठक बसेको थियो । सजाय कटौती कतिसम्म गर्

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 406 पटक पढिएको
  • राजधानीमा भेटियो हैजा : सावधानी अपनाउन चिकित्सकको सुझाव

    काठमाडौं– उपत्यकाभित्र हैजाका बिरामी भेटिएका छन् । ललितपुरमा एक जना व्यक्तिमा हैजा पुष्टि भएको हो । गोदावरी नगरपालिका–१४ ठैवमा रहेको एक संस्थामा आश्रित १६ वर्षीय व्यक्तिमा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख भुवन पौडेलले ती बालकलाई हैजा पुष्टि भएको जानकारी दिदै त्यहाँ जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरेर नियन्त्रण गर्न काम भइरहेको जानकारी गराए । उनका अनुसार त्यहाँ रहेका ४ जनाको आरटिडी परीक्षण गर्दा पोजिटिभ देखिएपछि कल्चरका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । कल्चरमा समेत हैजा पुष्टि भए संख्या बढ्ने छ । पौडेलले बाँकी चारजनाको कल्चरको

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 443 पटक पढिएको
  • वैदेशिक व्यापारमा सङ्कुुचन : १५ खर्बको आयात, डेढ खर्बको निर्यात

    काठमाडौं– मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुचन आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आयात निर्यात दुवैमा गिरावट हुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा आयात १ दशमलव १६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ । आव २०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ आयात भएको थियो । एक वर्षमा निर्यात ३ दशमलव ०३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँमा झरेको छ । आव २०७९/८० मा एक खर्ब ५७ अर्ब १४ करोड ६९ लाख रुपैयाँको निर्यात भएको थियो । गत एक वर्षमा आयात घट्दा व्यापार घाटा ० दशमलव ९६ प्रतिशतले घटेर १४ खर्ब

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 277 पटक पढिएको
  • ६ उद्योगमा काटिएको विद्युत् जडान गर्न निर्देशन

    काठमाडौं–विद्युत् नियमन आयोगले ६ वटा उद्योगमा काटिएको विद्युत् जडान गर्न निर्देशन दिएको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत् प्रयोग गरेको तर प्रिमियम बापतको रकम तिर्न अटेरी गरेको भन्दै ६ उद्योगमा विद्युत आपूर्ति बन्द गरेको छ । आयोगले विद्युत वितरण गर्दा र ग्राहक बीच विवाद भएको अवस्थामा विवाद समाधान हुनुभन्दा अघि विद्युत कटौती गर्नु गैरकानुनी हुने भन्दै तत्काल जडान गर्न प्राधिकरणलाई निर्देशन दिएको हो । आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका २०८० दफा १३ को उपदफा १० को व्यवस्था अनुसार उद्योगमा काटिएको विद्युत् आपू

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 398 पटक पढिएको
  • सिमलताल बस : भारतीय प्राविधिकलाई पनि त्रिशूलीको वेग चुनौती

    काठमाडौं–चितवनस्थित सिमलतालमा सोनार क्यामेरासहित बेपत्ता बसको खोजीमा जुटेको भारतीय प्राविधिक टोलीलाई पनि त्रिशूलीको उर्लंदो भेल चुनौती बनेको छ । लेदोसहितको पहिरोमा परी असार २८ देखि नै हराइरहेका दुई बस र यात्रुको खोजीमा भारतीय टोलीले आइतबारदेखि काम थालेको हो । यतिबेला त्रिशूलीको पानी धमिलो त छ नै, वेग पनि तीव्र छ । टोलीले साढे तीन किलोमिटर तल घुमाउनेसम्म आएर त्रिशूली नदीको उद्धार कार्य रोक्यो अनि देवघाटस्थित नारायणी नदीमा खोजी सुरु गरेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले घटनास्थलदेखि घुमाउनेसम्म त्रिशूली नदीमा र देवघाटदेखि काब्रेघाटसम्म नारायणीमा गरी झन्डै १४ क

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 585 पटक पढिएको
  • सतर्कता केन्द्रविरुद्ध नै उजुरी !

    काठमाडौं— भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपले नियन्त्रण गर्न तथा त्यसविरुद्ध जनचेतना जगाउन निरोधात्मक र प्रवद्र्धनात्मक गतिविधि गर्ने अधिकार कानुनले राष्ट्रिय सतर्कता केन्द्रलाई दिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ ले दिएको यही अधिकारको कानुनी टेकोमा केन्द्रले गतिविधि गर्दै आएको छ। तर, भ्रष्टाचारजन्य गतिविधि रोक्ने यही निकायविरुद्ध अनियमित गतिविधि गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ। उजुरी परेपछि कार्यालयले केन्द्रलाई पत्राचार गरेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सरकारी ट्रायल सेन्टरहरू

    • प्रकाशित मितिः असार २५, २०८१
    • 416 पटक पढिएको
  • नेपालमाथि मानव तस्करको वक्रदृष्टि, सर्बियामा ११ नेपाली बन्धक

    काठमाडौं— वैदेशिक रोजगारीका लागि सर्बिया पुगेका नेपालीलाई इजिप्ट लगिदिने प्रलोभनमा मानव तस्करले बन्धक बनाएको पाइएको छ। तस्करले झापाका पाँचसहित ११ जनालाई दक्षिण पूर्वी युरोपेली मुलुक सर्बियाको जंगलमा बन्धक बनाएर परिवारजनलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ फिरौती रकम मागेको हो।पारिवारिक स्रोतका अनुसार शनिबार राति नै तीन जनाको ९ लाख रुपैयाँ रकम पठाइएको छ। उक्त रकम रोमानियामा बस्ने एक नेपाली एजेन्टमार्फत तस्करसम्म पुर्‍याइएको पीडितका परिवारले खुलाए।एजेन्टलाई साढे छ लाख रुपैयाँ बुझाएर गत चैत दोस्रो साता सर्बिया पुगेका बिर्तामोड नगरपालिका–२ का ४५ वर्षीय आमाशु राजवंशीले त्यहाँ बोलकबोलअनुसारको तलब नपाएपछ

    • प्रकाशित मितिः असार १७, २०८१
    • 321 पटक पढिएको
  • लागुऔषध कारोबारमा दैनिक १८ जना पक्राउ

    काठमाडौं— लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको यस वर्षको नारा छ, ‘लागुऔषधविरुद्ध लडौँ : रोकथाममा जोड दिऔँ।’ नाराले रोकथाममा जोड दिए पनि नेपालमा भने यसतर्फ राज्यको लगानी शून्यजस्तै छ। प्रहरी कारोबारीलाई पक्राउमा मात्र सक्रिय हुँदा समाजमा दुर्व्यसनीको सञ्जाल नियन्त्रण हुन सकेको छैन। बुधबार लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा युवापुस्तामा बढ्दो दुर्व्यसनचिन्ताको विषय छ। प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागुऔषधसहित पक्राउ पर्दै आएका छन्। जेलमा अधिकांश कैदी–बन्दी लागुऔषध मुद्दाकै छन्। तैपनि कारोबार र दुर्व्यसन झन्झन् बढ्दै गएको छ। गृह मन्त्रालयले गरेको स

    • प्रकाशित मितिः असार १२, २०८१
    • 348 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा