काठमाडौं—चिकित्सा शिक्षा आयोगले तीन सरकारी र एक निजी मेडिकल कलेजलाई एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्यापनका लागि सिट निर्धारण गरेको छ। यी कलेजहरूमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, र बीएन्डसी मेडिकल कलेज झापामा रहेका छन्।

सन् २०२५ देखि यी कलेजहरूमा ५०/५० सिट निर्धारण गरिएको छ, जसले लुम्बिनी, मधेश, र कोशी प्रदेशमा पहिलो पटक सरकारी मेडिकल शिक्षा उपलब्ध गराउनेछ। पोखरामा यसअघि नै निजी कलेजले एमबीबीएस अध्ययन गराइरहेको थियो।

OM Sai Pathibhara Hospital

यससँगै सरकारी मेडिकल कलेजहरूको संख्या ७ पुग्न गएको छ, जसमा वाग्मती, कर्णाली, र कोशी प्रदेशसँगै गण्डकी, लुम्बिनी, र मधेश प्रदेश पनि समावेश भएका छन्। सुदूरपश्चिम प्रदेशमा पनि मेडिकल शिक्षा शुरु गर्न विधेयक संसद्मा विचाराधीन छ।

अघिल्लो समय त्रिभुवन विश्वविद्यालय, पाटन, धरान, र जुम्लामा मात्र सरकारी तबरबाट चिकित्सा शिक्षा उपलब्ध थियो। नेपाली सेनाले पनि काठमाडौंमा आंशिक रूपमा सरकारी अवधारणामा मेडिकल कलेज सञ्चालन गरेको छ। कान्तिपुर दैनिकबाट