काठमाडौं–मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध बनेका राजीव गुरुङ, जसलाई दीपक मनाङे पनि भनिन्छ, गण्डकीमा सत्ता खिचातानीको केन्द्र बनेका छन्। उनले डेढ वर्षमा तीनपटक सत्ताको कुर्सीमा पुगे तर मन्त्री पदलाई कहिल्यै गम्भीरतापूर्वक लिएनन्।

सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालयको वरीयता हेरफेर गरेपछि मनाङेले मन्त्री पदबाट राजीनामा दिएका छन्। राजीनामापछि मनाङेले वनमन्त्री पदको अधिकार नै नभएको भन्दै उक्त पदलाई मजाक बनाइएको आरोप लगाएका छन्। उनले वनमन्त्री पदमा बसेर काम नगरी अन्य मन्त्रालयको विचार गर्नुपर्ने संकेत गरे। मनाङे अब खानै परे मुख्यमन्त्री पाएको खण्डमा विचार गर्ने नत्र अन्य मन्त्रालय नचाहिने प्रतिक्रिया दिन्छन् । 

OM Sai Pathibhara Hospital

मन्त्री पदको वरीयता परिवर्तन भएपछि, मनाङे भौतिक पूर्वाधार मन्त्रालयबाट वन मन्त्रालयमा सरुवा भएका थिए। हालको मन्त्रिपरिषद्मा वरीयतामा छैटौँ नम्बरमा पुगेका उनले शपथग्रहणस्थलबाट रिसाउँदै राजीनामा दिने बताएका थिए। नयाँ पत्रिकाबाट