काठमाडौं–सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिकाबीच सीमाबारे अन्योल उत्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाले चुरेडाँडाको पानीढलोभन्दा झन्डै एक किलोमिटर दक्षिणमा बोर्ड राखेपछि सर्लाहीतर्फको सीमा मिचिएको आरोप लाग्न थालेको हो। 

सर्लाहीको हरिवन–क्यानेश्वर सडकअन्तर्गत हरिहरपुरगढीले बोर्ड पानीढलोभन्दा तल ल्याएर राखेको छ, जसले सीमा विवाद उत्पन्न गरेको छ। हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले यस क्षेत्र सर्लाहीतर्फ पर्ने बताए पनि हरिहरपुरगढीले बोर्ड दक्षिणमा राखेर मिचिएको दाबी गरेका छन्।

OM Sai Pathibhara Hospital

विवादित क्षेत्रमा हरिवन नगरपालिकाले केही समयअघि सडक निर्माण गरेको थियो, तर स्थानीय बासिन्दाले आफू सिन्धुलीतर्फकै सर्भे गराउने बताएका छन्। 

सीमाको यो विवाद समाधान गर्न सर्लाही र सिन्धुलीका जनप्रतिनिधि, सुरक्षा अधिकारी, र सरोकारवालाहरूबीच छलफल गराउने तयारी भइरहेको छ । हरिहरपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कारसाङ लामाले बोर्ड राखिएको स्थान सिन्धुलीकै भूगोलमा पर्ने दाबी गरेका छन्। गोरखापत्र दैनिकमा खबर छ ।