मनोरञ्जन

    Showing 2,541-2,550 of 2,830 items.
  • कबड्डी ४ बन्यो हाल सम्ममा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म

    काठमाडौँ / ‘कबड्डी ४’ ले हाल सम्ममा सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन हो । आइतबारको विवरण आउन बाँकी छ ।फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो । 

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 157 पटक पढिएको
  • फेसन डिजाइनर प्रेमी सँग भोलि विवाह गर्दै गायिका इन्दिरा जोशी

    काठमाडौं / गायिका इन्दिरा जोशीले फेसन डिजाइनर प्रेमी शरद केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् । इन्दिरा र शरदको विवाह टोखास्थित एक अपार्टमेन्टमा हुने पारिवारिक स्रोतले जनाएको छ । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । उनीहरूले मेहन्दी उत्सव भने गरिसकेका छन् ।

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 188 पटक पढिएको
  • बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको रिहाइको माग गर्दै प्रदर्शन

    काठमाडौँ / नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरूले न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो ।

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 163 पटक पढिएको
  • बलिउडका चर्चित गायक केकेको निधन

    काठमाडौं / बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथ (केके) को मंगलबार राति निधन भएको छ । उनको ५३ वर्षको उमेरमा निधन भएको हो । स्टेजमा ‘केके’ का नामले परिचित उनी मंगलबार कोलकाताको एउटा कलेजको कार्यक्रममा प्रस्तुति दिने क्रममा नै बिरामी भएका थिए ।कन्सर्ट प्रस्तुति पछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।तमिल, तेलुगु, कन्नड, मराठी, बांग्ला र गुजराती चलचित्रमा थुप्रै गीत गाएका केके कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन आएका थिए ।भारतीय प्रधा

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 141 पटक पढिएको
  • नायिका मिरुनामाथी ‘दुर्व्यवहार’ को आरोपमा पक्राउ परेका तामाङ रिहा

    काठमाडौं /  नायिका मिरुना  मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा तामाङ रिहा भएका छन् । चौतर्फी दबाबका बीच लामामाथिको उजुरी फिर्ता लिन नायिका तयार भएपछि प्रहरीले उनलाई रिहा गरेको हो ।सिभिल मलमा ‘कबड्डी ४’ हेरेर निस्किने क्रममा आफूलाई तामाङले ब्याड टच गरेको आरोप मिरुनाले लगाएकी थिइन् । तर, निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । कबड्डी ४ टिमले नायिका र बुद्धिष्ट संघ- संस्थाबीच छलफल गराएको थियो । त्यसपछि दुवै पक्ष समझदारीमा पुगेका हुन् ।जिल्ला प्रशासन कार्यालयको रोहबरमा तामाङलाई रिहा गरिएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले पुष्टि गरे ।

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 152 पटक पढिएको
  • अभिनेत्रीविरुद्ध चावहिलमा नाराबाजी गर्दै प्रदर्शन

    काठमाडौं / नेपाली फिल्म ‘कबड्डी –४’ की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ । मिरुनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै मंगलबार चावहिलस्थित केएल टावर अगाडि फिल्म ‘कबड्डी–४’ विरुद्ध प्रदर्शन गरिएको हो ।कबड्डी–४ फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका –२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो ।प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहा

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 169 पटक पढिएको
  • मिस नेपालमा भिड्दै ६ डाक्टर , तीन इन्जिनियर

    काठमाडौं / मिस नेपाल २०२२ मा प्रतिष्पर्धामा रहेका २४ जनामध्ये ६ जना डाक्टर र तीन जना इन्जिनियर रहेका छन् ।मिस नेपालको आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताएका छन् ।अन्तिम शीर्ष २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरीका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गङ्गा गुरुङ चिकित्सक रहेका छन् । उनीहरूलाई आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो । मिस नेपालको ग्रान्ड फिनाइल असार ४ गते ललितपुरको गोदावरीमा हुने भएको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 201 पटक पढिएको
  • नायिका मिरुना मगरले माफी माग्नुपर्ने दाबी गर्दै विरोध प्रर्दशनी

    काठमाडौँ / अहिले हालमा चलिरहेको कबड्डी - ४ की अभिनेत्री मिरुना मगरको विरुद्धमा काठमाडौंको चाबहिलस्थित केएल टावर अगाडि विरोध प्रर्दशनी भइरहेको छ । गत आइतबार आफूमाथि हिंसा भएको भन्दै लामाको भेषका एक दर्शकलाई आरोप लगाइन् । कबड्डी - ४ को प्रतिक्रिया लिन काठमाडौंको सिभिल मलमा पुगेकी मिरुनाले भीडमा दर्शकले आफ्नो संवेदनशील अङ्गमा छोएको भन्दै झापड हानिन् ।  लामाको भेषमा रहेका मुगुका फुर्वा लामालाई मिरुनाले झापड हानेपछि प्रहरीको जिम्मा लगाइन् । अहिले फुर्वा प्रहरीको हिरासतमा छन् । मिरुनाको यो कदमपछि सामाजिक सञ्जाल दुई कित्तामा विभाजित छ । एक पक्ष पक्राउ परेका लामाको पोशाक हेरेर उनको नियत

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 147 पटक पढिएको
  • ' मिस नेपाल- २०२२' को उपाधिका लागि २४ युवती भिड्ने

    काठमाडौँ /  ' मिस नेपाल- २०२२’ को उपाधिका लागि २४ युवती भिड्ने भएका छन् । आयोजक द हिडन ट्रेजरले एक कार्यक्रमका बीच फाइनल २४ युवती सार्वजनिक गरेको हो । प्रतियोगीलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास समेत वितरण समेत गरिएको कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतियोगीलाई स्यास लगाइदिएका थिए ।प्रतियोगिताको फाइनल  असार ४ मा आयोजना हुँदैछ । जसमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गङ्ग

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 198 पटक पढिएको
  • कबड्डी -४ की नायिका मिरुनाले हानिन् दर्शकलाई झापड

    काठमाडौं / कबड्डी- ४ की नायिका मिरुना मगरले एक दर्शकलाई गालामा झापड  हानेकी छिन् । उनले तामाङ थरका ती दर्शकले आफूलाई नियतबस पिठ्यूमा छोएको भन्दै  झापड हानेकी छिन् । कबड्डी ४ अहिले हलमा सफलताका साथ प्रदर्शन भइरहेको  छ ।  मिरुनाले ती दर्शकले आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी छन् । सिभिल मलको सातौँ तल्लामा रहेको कफी सपमा हिजो दिउँसो अढाइ बजे सो घटना भएको थियो । त्यसपछि तामाङले सबैको अगाडि माफी मागे । तर, मिरुनाले माफी दिइनन् । उनले न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीलाई खबर गरिन् । त्यहाँबाट आएका प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 231 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.