बिर्तामोड / बुद्धशान्तिका गायक सारमन श्री ल्वागुनको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले बुधबार दशैं आयो तिहार आयो बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको भिडियोमा गणेश खड्काको शब्द दीप घतानीको संगीत रहेको छ  । 

यस्तै  भिडियोमा बल बहादुर ल्वागुन , दिपा धमला , गङ्गा ल्वागुन , चन्द्र बिर ल्वागुन , कमला ल्वागुन लगायतको अभिनय रहेको छ । बुद्धशान्तिका बिभिन्न स्थानमा डिलाइट क्रिएसनबाट छायांकन र सम्पादन गरिएको भिडियोमा  सारमन आफैले निर्देशन गरेका छन् ।