काठमाडौं /  कलाकार  बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् ।

‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।