काठमाडौं / अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । रात्री शो बन्द गराउने बोर्डको निर्णयप्रति आपत्ति जनाउँदै उनले केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको ‘प्रेमगीत -३’ प्रति लक्षित भएको खड्काको आरोप छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा गरेका हुन् । 

निर्माता संघले निर्माताको हकहितमा काम गर्न नसकेको भन्दै उनले समानान्तर निर्माता संघ खोल्ने चेतावनी पनि दिए । पत्रकार सम्मेलनमा खड्काले भने उहाँले (भुवन केसीले) राजीनामा दिँदा इज्जत बढ्छ । मदिरा पिलाउँदै चल्ने रात्रीक्लबहरु बिहान ४ बजेसम्म चलाउन मिल्ने तर कफी र पपर्कन सहित सपरिवार हेर्न मिल्ने फिल्म हललाई ११ बजेभित्रै बन्द गर्नुपर्ने निर्णय अन्यायपूर्ण हो’ उनले भने ।