झापा  / भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हृदयघातका कारण श्रीवास्तवको निधन भएको हो । 

अगस्ट १० मा ट्रेडमिलमा शारीरिक व्यायाम गर्ने क्रममा उनी एक्कासि लडेका थिए। उनलाई तत्कालै दिल्लीको ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ मा भर्ना गरिएको थियो । श्रीवास्तवको उपचारको क्रममा अस्पतालमै निधन भएको बताइएको छ । 

OM Sai Pathibhara Hospital

५८ वर्षीय श्रीवास्तव चर्चित कमेडियन हुन्। स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए ।

सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी ‘बिग बोस’को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।

उनले ‘मैने प्यार किया’, ‘बाजिगर‘, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ र ‘बम्बई टू गोवा’ को रिमेकमा समेत अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म डेभलेभमेन्ट काउन्सिलका अध्यक्षसमेत भएका थिए ।