झापा / सरकारले आठौं संविधान दिवसको अवसरमा विभिन्न मानपदवी र अलङ्कार पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ। फिल्म तथा संगीत क्षेत्रका व्यक्तिहरूलाई पनि मानपदवी र अलङ्कारबाट विभूषित गर्ने घोषणा गरिएको छ। 

राष्ट्रपतिबाट विभूषित तथा सम्मानित हुने कलाकारहरू मध्ये सुकीर्तिय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, कलाकार मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, हरिवंश आचार्य र गायक नन्द कृष्ण श्रेष्ठ रहेका छन् । 

OM Sai Pathibhara Hospital

गायक तथा संगीतकार शम्भु राई, चलचित्र निर्देशक प्रदीप लाचल श्रेष्ठ, निर्देशक अशोक शर्मा, अभिनेता दीपक राज गिरी, संगीतकार आलोकश्री (सुर्य कुमार खाती), दीपक संगम, गायक आनन्द कार्की, गायिका ज्ञानु राणा र अभिनेता अर्जन श्रेष्ठले सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । 

त्यस्तै कीर्तिमय राष्ट्रदिपबाट अभिनेता तथा निर्देशक कृष्ण कुमाल मल्ल र कलाकार मिथिला शर्मा सम्मानीत हुने भएका छन् भने प्रबल जनसेवाश्रीबाट संगीतकार मिलन मोक्तान र चेतन सापकोटा, गीतकार डा. धर्मराज उपाध्याय, गायक सीताराम पोखरेल, नाट्यकर्मी जित देउजा, अभिनेता निर्देशक निर्मल शर्मा, कलाकार निरूता सिंह, नगेन सिंह ठकुरी, दयाहाङ राई, विराज भट्ट (भोजराज भट्ट) र गायिका सत्यकला राई सम्मानित हुने भएका छन् । 

यसैगरी जनसेवाश्रीबाट लोकगायिका सुनिता दुलाल, गीतकार बद्री पाण्डे र डिल्लिनारायण पाण्डे, कलाकार प्रदीप खड्का, सनम कठायत, मनोहर सुनाम परियार, गायक तथा संगीतकार कमल सुनार (सौराग), संगीतकार सन्तोष श्रेष्ठ, दीपक शर्मा र सानुकान्छा शाही, चलचित्र निर्देशक माधव राज खरेल, नृत्य निर्देशक शिवराम विक, चलचित्र निर्देशक रमेश कोइराला, गायक कुलमान नेपाली, सुरेशकुमार नेपाल परियार (यशकुमार) र भुपेन्द्र थापा सम्मानीत हुने भएका छन् । 

यस्तै कलाकार शानुकान्छा शाही (विक्रम जंग शाही), प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर बिक, गायक नवीन पौडेल र किरण गजमेर नेपाल सेवा प्रवीणबाट सम्मानित हुने भएका छन् ।