काठमाडौं / नेपाली चलचित्र क्षेत्रका हास्य कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । उनले आज तामाङ परम्पराअनुसार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।  कौशलटारको एक पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह चलिरहेको छ । उनीहरूको विवाहमा नजिकका आफन्त र केही कलाकारहरू उपस्थित छन् ।

अनुसँग उनको मागी विवाह भएको हो । ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन् । अभिनेता बुद्धिले साँघुरो, कबड्डी, टलकजङ्ग भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन् ।