काठमाडौं / आगामी फागुन १९ गतेबाट प्रतीक्षित नेपाली फिल्म छक्कापञ्जा -४ देशभरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।

फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो ।  फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले पनि रिलिज डेट घोषणा गरिसकेका छन् । ‘छक्कापञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।