झापा /  ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने भएको छ ।

फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अब भने दुबै भर्सन एकैपटक प्रदर्शन हुने भएको छ ।

OM Sai Pathibhara Hospital

फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने जानकारी दिएका छन् । ‘दर्शकको मागलाई ध्यानमा राखेर फिल्म ‘प्रेम गीत ३’ को हिन्दी र नेपाली एकै दिन प्रदर्शन गर्ने निर्णय गरेका छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरूको अभिनय छ ।