खेलकुद

    Showing 1,201-1,210 of 1,600 items.
  • फ्रान्कफुर्टसँग बार्सिलोना ३-२ अन्तरले पराजित

    एजेन्सी / युरोपा लिग अन्तर्गत आइनट्राख्ट फ्रान्कफुर्टसँग बार्सिलोना पराजित भएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनबाट बाहिरिएको हो ।खेलको अन्तिम समयमा १० खेलाडीमा सीमित भएको खेलमा  फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरे ।

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 153 पटक पढिएको
  • आईपीएल : राजस्थान गुजरातसँग पराजित

    एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान गुजरातसँग पराजित भएको छ । गुजरातसँग  राजस्थान ३७ रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो । गुजरातको दुई विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो । शुभमन गिल १३ रनमा आउट भएका थिए ।त्यसपछि कप्तान हार्दिक पाण्ड्याले स्थिति सम्हाल्दै ५२ बलमा ८७ रनको योगदान गरे । उनलाई अभिनव मनोहरले ४३ रन बनाएर र डेभिड मिलरले ३१ रन बनाएर साथ थिए ।राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले एक–एक विकेट लिए ।१९३ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली निर्धारित २

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 169 पटक पढिएको
  • राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट

    काठमाडौं / राष्ट्रिय फुटबल टिमले आज (शुक्रबार) बाट प्रशिक्षण सुरु गर्ने भएको छ । एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाली टोलीले आज बिहान ९ बजेदेखि १०ः३० बजेसम्म दशरथ रङ्गशालामा प्रशिक्षण गर्ने भएको हो । छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।अल्मुताइरीले छनोट गरेको २५ सदस्यीय टोलीको गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीपक कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 169 पटक पढिएको
  • कतारमा हुने विश्वकप फुटबलमा ७ नयाँ प्रविधिको प्रयोग गरिदै

    काठमाडौं / कतारमा आयोजना गरिएको आगामी नोभेम्बरमा हुने फुटबल विश्वकप खेलमा ७ नयाँ प्रविधिको प्रयोग गरिने भएको छ । आउनुहोस्  हामी यिनै विषयमा चर्चा गर्दैछौँ । १. कुलिङ प्रविधि कतारमा आयोजना हुने विश्वकपको विषयमा सबैभन्दा ठूलो चुनौती भनेकै त्यहाँको मौसम हो । खाडी मुलुक भएकाले कतारको तापक्रम धेरै हुनु स्वभाविक नै हो ।विश्वकप नोभेम्बर महिनामा सुरु हुनेछ । धेरै तापक्रममा खेल खेल्न नसकिने तर्क आएपछि प्रकृतिको यो चुनौतीलाई कतारले कुलिङ प्रविधि मार्फत सामना गर्दैछ ।कतारले विश्वकपको लागि प्रयोग हुने सबै स्टेडियमहरूमा कुलिङ प्रविधिको व्यवस्थापन गरिरहेको छ । सन् २०१० देखि नै कतारको सुप

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 233 पटक पढिएको
  • रियल मड्रिड चेल्सी सँग ३-२ अन्तरले पराजित

    एजेन्सी / युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार  राति घरेलु मैदानमा रियल पराजित भए पनि समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१  अन्तरले पराजित भएको थियो । चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर त्यसलाई जोगाउन भने सकेन । रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे ।  १५ औँ मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५१ औँ मिनेटमा रुडिगरले गोल गर्दा चेल्स

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 278 पटक पढिएको
  • एएफसी फुटसल एसियन कप : समूह चरणबाट बाहिरियो नेपाल

    काठमाडौँ / एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । किर्गिजस्तानमा आज भएको खेलमा नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले पराजित भएको हो । लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो । नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए । यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपालले अब मङ्गलबार समूहचरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ । 

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 266 पटक पढिएको
  • नेमार र एमबाप्पेको ह्याट्रिकमा पिएसजीको जित

    एजेन्सी / फ्रान्सको प्रिमियर लिग फुटबल लिग वानमा शनिबार राती भएको खेलमा पेरिस सेन्ट जर्मन ९पीएसजी०ले क्लरमन्टलाई ६–१ गोलले हराउन सफल भएको छ । क्लरमन्टको मैदानमा भएको खेलमा पिएसजीका केलियन एमबाप्पे र नेमारले ह्याट्रिक गरेका थिए भने लियोनल मेस्सीले तीनवटा एसिस्ट गरेका थिए ।एमबाप्पेको दुई र नेमारको एक गोलमा उनले एसिस्ट गरेका हुन् । नेमारको तेस्रो खेलमा एमबाप्पे र एमबाप्पेको तेस्रो गोलमा नेमारले एसिस्ट गरेका थिए ।अघिल्लो खेलमा लोरियन्टलाई ५-१ गोलले हराएको थियो । त्यस खेलमा नेमार र एमबाप्पेले दुई दुई तथा मेस्सीले एक गोल गरेका थिए भने एमबाप्पेले तीन गोलमा एसिस्ट पनि गरेका थिए ।

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 218 पटक पढिएको
  • बराबरीमा रोकियो बार्सिलोना

    एजेन्सी / इएफए युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा खेलमा बार्सिलोना र फ्रान्कफुर्ट १–१ गोलको बराबरीमा रोकिएका हुन् ।फ्रान्कफुर्टका लागि खेलको ४८औं मिनेटमा अन्सगर क्नुफले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने बार्सिलोनाका लागि खेलको ६६औं मिनेटमा फेरान टोरेजले गोल गर्दै बराबरी गरेका थिए ।यस खेलमा खेलको ७८ औं मिनेटमा फ्रान्कफुर्टका टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमाया सिमित भएको थियो । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 183 पटक पढिएको
  • बेलायतको क्रिकेट क्लबमा नेपाली प्रशिक्षकको नियुक्ति

    एजेन्सी / बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर-११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो ।डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ ।नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् । उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट ‘योङ प्लेयर अफ दी इयर’ को टाइटल जितेक

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 200 पटक पढिएको
  • कुम्मायक-कुस्सायक गोल्डकप चैत २८ देखी भारत सहित ८ टिम सहभागी

    पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिकामा कुम्मायक-कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता चैत २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा भारत सहित आठ टिमको सहभागिता रहने आयोजक  सयपत्री क्लबले जनाएको छ ।  कुम्मायक-१, यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री क्लब र ब्रदर्श युनाइटेड क्लब झापा बिच भिड्ने छन् । प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ ।हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार रुपैयाँ र विद्यालयगत तर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैया

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 306 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.