काठमाडौँ / आइसिसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो।

अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो।

OM Sai Pathibhara Hospital

अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो।

आइसिसी विश्वकप लिग –२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अंक जोडेको छ। नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ।