एजेन्सी / कायलियन एमबाप्पे, भिनिसियस जुनियर र अर्लिङ हालान्ड विश्वकै सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । अनुसन्धान समूह सीआईईएस फुटबल अब्जर्भेटरीका अनुसार एमबाप्पे, जुनियर र हालान्ड विश्वकै सबैभन्दा मूल्यवान खेलाडी हुन् । 

बीबीसीले जनाए अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका २३ वर्षीय खेलाडी एमबाप्पे भने सो सूचीको शीर्ष स्थानमा रहेका छन् । उनको ट्रान्सफर भ्यालु १७५.७ मिलियन पाउण्ड रहेको छ । 
यता रियल म्याड्रिडका ब्राजिलियन विंगर जुनियरको भ्यालु १५८.३ मिलियन पाउण्ड तथा नर्वेका स्ट्राइकर तथा म्यानचेस्टर सिटीमा आवद्ध हुन लागेका हालान्डको भ्यालु १३०.४ मिलियन पाउण्ड रहेको छ ।