झापा / फुटबलको सर्वोच्च निकाय विश्व फूटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल आठ स्थान तल खस्किएको छ।

गत मार्चमा जारी भएको वरीयता भन्दा आठ स्थान तल झर्दै फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६औं स्थानमा छ। यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।

OM Sai Pathibhara Hospital

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । 

छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेको असर वरीयतामा समेत परेको हो ।

नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो । त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो ।