काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमनसँग पराजित भएको छ । 

अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।

OM Sai Pathibhara Hospital

ओमानले दिएको २ सय १२ रनको लक्ष्य विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९८ रनमा समेटिएको थियो । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाए भने देव खनालले ३४, रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए ।  विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र नेपाली सिनियर टोलीका डेब्यु गरेका सुनिल धमलाले १२ तथा करण केसीले ८ रन जोडे ।  

यस हारसँगै लिगमा १३ खेल सकेको नेपाल १२ अंक सहित छैटौं स्थानमा छ । ४२ अङ्क बनाएको ओमान शीर्षस्थानमा छ । दोस्रो खेलमा नेपालले शनिबार मेरिकाविरुद्ध खेल्नेछ । तेस्रो खेल जेठ ३१ गते ओमानविरुद्ध र अन्तिम खेल असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ ।