काठमाडौँ / आईसीसी १९ वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसिया विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जीत हासिल गरेको छ । 

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा बिहीवार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । 

OM Sai Pathibhara Hospital

नेपाल छनोटमा ६ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो ।  नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग (यूएई) १० विकेटले पराजित भएको थियो । 

तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो । यस हारसँगै मलेसिया ५ खेलमा ४ अंक जोडेर चौथो स्थानमा रह्यो । छनोटमा यूएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा छ । बिहीवार हुने थाइल्याण्ड र यूएईबीचको खेलले विश्वकपमा पुग्ने टोलीको निर्धारण गर्नेछ ।