एजेन्सी / यसै वर्ष कतारमा हुने विश्वकप फुटबल २०२२ खेल्ने सम्पूर्ण टोलीको टुंगो लागेको छ । न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका फिफा विश्वकप फुटबल –२०२२ मा छनोट भएपछि सबै देशको टुंगो लागेको हो ।

अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति न्युजिल्यान्डलाई १–० गोल अन्तरमा हराउँदै कोस्टारिका छैठौं पटक विश्वकपमा छनोट भएको हो । कतारको दोहास्थित ऐमद बिन अली रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गरे । ६९ औं मिनेटमा कोस्टा बारबारौसेस रातो कार्ड पाउँदै बाहिरिएपछि न्युजिल्यान्ड १० खेलाडीमा समेटियो । त्यसपछि न्युजिल्यान्डको खेलमा फर्कन सकेन ।
कोस्टारिकाको जितसँगै विश्वकपमा सहभागि सबै ३२ वटै टोलीको टुंगो लागेको छ । कोस्टारिका कतार विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो । कतार विश्वकपमा कोस्टारिकाले समूह ‘ई’ बाट स्पेन, जर्मनी र जापानसँग प्रतिस्पर्धा गर्नेछ। लगातार तेस्रो पटक विश्वकपमा स्थान बनाएको कोस्टारिका छैटौँ पटक विश्वकपमा छनोट भएको हो । कोस्टारिका २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो । फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारका हुनेछ ।

OM Sai Pathibhara Hospital

यसपटक विश्वकप खेल्ने टोलीहरूमा युरोपबाट १३ राष्ट्र छन् । जसमा फ्रान्स ,जर्मनी, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्याण्ड, स्विट्जरल्यान्ड, नेदरल्याण्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स छन् । एसियाबाट कतार, इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर छन् । त्यस्तै अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरुन, उत्तर तथा मध्य अमेरिकाबाट क्यानडा, अमेरिका, मेक्सिको, कोस्टारिका छन् ।