काठमाण्डौ / एसीसी महिला टी –२० च्याम्पियनसिपमा नेपाल र कुवेत भिड्दैछन् । खेल मलेसियाको किनरा मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ ।
नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपालको २ अङ्क छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो ।
कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ । च्याम्पियनशिपमा १० टोली सहभागी छन् । टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ ।





































