झापा / भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी बाहिरिएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीमध्ये ११ खेलाडी बाहिरिएका हुन् । 

OM Sai Pathibhara Hospital

मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडी बाहिर राख्दै ३० खेलाडीलाई प्रशिक्षणमा राखेको एन्फाले जनाएको छ ।

साफ यू–२० च्याम्पियनसिप भारतमा हुँदैछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बङ्गलादेशले खेल्नेछन् । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। 

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा जुलाई २५ मा उद्घाटन खेल हुनेछ ।नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन्

यू–२० टोली :

गोलरक्षक : ईश्वर गुरुङ, युनेश चौधरी, जियारथ सेख, सौरभ कार्की
डिफेन्डर : अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज ठोकर
मिडफिल्डर : अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनाग्या नकर्मी, आयुष घलान
फरवार्ड : दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी