खेलकुद

    Showing 1,111-1,120 of 1,600 items.
  • प्याराग्लाइडिङ उडान आजदेखि खुला, स्वास्थ्य परिक्षण गरेकाले मात्र खेल्न पाइने

    झापा / नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए । प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 204 पटक पढिएको
  • सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थप

    काठमाडौं / बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ ।अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद गरेको हो ।यसअघि जिल्ला अदालत काठमाडौँले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिए

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 225 पटक पढिएको
  • प्याराग्लाइडिङबाटै ज्यान गुमाएका खेलाडी निसिमलाई मानार्थ स्वर्ण पदक (भिडियो सहित)

    झापा / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो ।आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो । उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ ।निसिमको अर्धकदको शालिक राखिने भएको छ । पोखरा रङ्गशालामा उनको सालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मानस्वरूप सालिक बनाउने नि

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 183 पटक पढिएको
  • आज समापन हुँदै नवौँ राष्ट्रिय खेलकुद

    झापा / गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको समापन गरिनेछ ।‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौँ राष्ट्रिय खेलकुदको समापनमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहनेछ । प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।समापनमा १० औं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । १०औं राष्ट्रिय खेलकुद २०८१ सालको मङ्सिरमा आयोजना हुनेछ । यस्तै, समापनमा प्रतियोगिताको विजेता टोल

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 228 पटक पढिएको
  • सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति (भिडियो सहित)

    झापा / बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाण्डु जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।यसअघि पहिलो पटक सात दिनका लागि र दोस्रो पटक पाँच दिनका लागि म्याद थप गरिएको थियो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनीमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त गौशालाले उनलाई थप हिरासतमा राख्न बुधबार तेस्रोपटक अदालतसँग अनुमति मागेको थियो ।यससँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत भदौ ५ गते नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 263 पटक पढिएको
  • नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ तेक्वान्दोमा प्रदेश १ लाई पहिलो स्वर्ण

    झापा  / नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत बागलुङमा जारी आईटीएफ तेक्वान्दो प्रतियोगितामा एक नं प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ ।१८ स्वर्ण पदकको फाइनल भइसक्दा मङ्गलबार भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा प्रदेश १ की कुसुम राजवंशीले स्वर्ण पदक जितेकी हुन् । उनीसँग पराजित गण्डकी प्रदेशकी हिसिला अडाइले रजत पदक पाइन् भने विभागीय टिम नेपाल आर्मीकी रीना धिमाल र सशस्त्र प्रहरी बलकी सन्जना कुमारी चौधरीले काश्य पदक जितिन् ।प्रतियोगिताको चौथो दिनमा एक नं प्रदेश स्वर्ण हात पार्न सफल भएको हो । यसअघिका खेलमा उसले दुई वटा कास्य पदक जितेको थियो । मङ्गलबार नै भएको ४२–४५ किलो तौल समूहबाट मह

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • 213 पटक पढिएको
  • आफ्नै कीर्तिमान तोड्दै जयरानीले जितिन डबल स्वर्ण

    पोखरा  / पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले आफ्नै कीर्तिमान तोड्दै डबल स्वर्ण जित्न सफल भएकी छन् ।यसअघि ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थारुले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्ण जितेकी हुन । जयरानीले दुईटै खेलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी हुन् । पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितेकी छन् ।आइतबार भएको खेलमा जयरानीले ४०० मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 193 पटक पढिएको
  • नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा गण्डकी र सेनालाई स्वर्णपदक

    झापा / नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्णपदक जितेका छन् ।पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न भएको खेलमा नेपालको शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकी जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३,६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनालमाथि ६–३,७–५ सेटमा जीत निकाले ।पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 168 पटक पढिएको
  • नबौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलमा सहभागि सेनाका खेलाडीको मृत्यु

    पोखरा / पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका एक खेलाडीको मृत्यु भएको छ । प्याराग्लाइडिङ गर्दागर्दै अनियन्त्रित भई करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ अनियन्त्रित भइ उडेको ५ मिनेटमै आकाशबाट जमिनमा खसेको थियो । ग्लाइडर दुर्घटनामा परेपछि उनलाई सराङकोटबाट तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा १२ बजेर

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 167 पटक पढिएको
  • नवौँ राष्ट्रिय खेलकुदः सेनाले जित्यो १५ स्वर्णसहित ३६ पदक

    झापा / विभागीय नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म १५ स्वर्णसहित ३६ पदक जितेको छ । गण्डकी प्रदेशमा जारी उक्त प्रतियोगितामा हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको हो । यसैगरी बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ भने सशस्त्र प्रहरीको (एपिएफ) ले चार स्वर्ण, छ रजत र नौ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ ।आयोजक गण्डकी प्रदेशले हालसम्म दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक, नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र तीन कास्यसहित छ पदक तथा सुदूरपश्चिम प्र

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 175 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.