एजेन्सी / आयोजक कतार विश्वकप फुटबलको उद्घाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे ।

कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए पनि कतारले त्यो तयारीको नतिजा निकाल्न सकेन । कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिए । अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।